
कृष्णसार अनलाइन । बर्दियाको बाँसगढी नगरपालिकामा रहेको भट्टराई कोल्ड स्टोरमा गएराती आगलागी भएको छ । भट्टराई दुग्द्य उद्योग प्राइभेट लिमिटेडले सञ्चालन गरेको भट्टराई कोल्ड स्टोरमा गएराती आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले आगलागीबाट करिब नौ करोड रुपैयाँको क्षति भएको बताउनु भयो ।

कोल्ड स्टोरमा गएराती करिब एक बजे आगलागी भएको कोल्ड स्टोरका सञ्चालक प्रकाश भट्टराई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ कोल्ड स्टोरमा र कोल्ड स्टोरभित्र भएको आलु नोक्सान भएको छ । आगलागी कसरी भयो भन्ने बारेमा कुनै जानकारी छैन् ।’
कोल्ड स्टोरको बिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा रहेको छ । भट्टराई कोल्ड स्टोरमा राखिएको आधाभन्दा बढी आलु उम्रिएको थियो ।


