bardiyahospital

मानिसमा आक्रमण गर्ने चितुवा खोरमा 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा मानिसलाई आक्रमण गर्ने चितुवा खोरमा परेको छ । बारबर्दिया  नगरपालिका, ११ रहेको जनजागृति सामुदायिक वनमा राखिएको खोरमा चितुवा परेको हो ।

चितुवाको आक्रमणबाट असोज २४ गते शुक्रबार बारबर्दिया नगरपालिका, १० डफैयाकी ४५ वर्षीया जुना चौधरी घाइते भएकी थिइन । भने असोज २८ गते  मंगलबार बारर्दिया नगरपालिका ११ विजयनगरका ४६ वर्षीय भदुवा थारु घाइते भएको थिए । 

cld

चितुवालाई नियन्त्रण गर्नका लागि डिभिजन वन कार्यालय जनजागृति सामुदायिक वनमा खोर राखेको थियो । जनजागृति वनमा राखेको वनमा राखिएको खोरमा भाले चितुवा परेको डिभिजन वन कार्यालय बरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ आज बिहान साढे चार बजेको समयमा चितुवा खोरमा परेको हो । चितुवालाई अहिले वन कार्यालयमा राखिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.