
कृष्णसार अनलाइन । जेन–जी आन्दोलनमा छ सय ३९ जना विदेशी कैदीबन्दी फरार भएका छन् ।आन्दोलनका क्रममा भारत, बंगलादेश, दक्षिण अफ्रिका, सुडान चीन, म्यानमार, पाकिस्तानलगायत २८ देशका छ सय ३९ जना कैदी बन्दी फरार भएको हुन ।
आन्दोलनमा क्रममा भदौ २४ गते गते भएको आगजनी तोडफोडका क्रममा कारागारबाट कैदी भागेका थिए । कारागारबाट भागेका मध्ये केही कैदीबन्दीलाई प्रहरी, सेनाले पक्राउ गर्यो । केही कैदीबन्दी आफै आए । केही अहिले पनि फरार रहेको छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार भारत भागेका मध्ये सबैभन्दा बढी भारतीय कैदीबन्दी रहेका छन् । भारतका पाँच सय ३५, चीनका २४, बङ्गलादेशका १६, दक्षिण अफ्रिकाका ११, सुडानका चार, म्यानमारका ६, पाकिस्तानका चार, बोलिभियाका चार, उज्वेकिस्तानका चार, थाइल्यान्डका चार, भुटानका तीन, अमेरिकाका दुई, तान्जिनियाको दुई, क्यानडाका दुई, रुसका दुई र युगान्डाका दुई कैदीबन्दी फरार भएका हुन । भने यसबाहेक मालीका एक, मलेसियाका एक, बेल्जियमका एक, इजिप्टका एक, हङ्कङका एक, भियतनामका एक, नाइजेरियाका एक, श्रीलंकाका एक, अफ्रिकी क्यारामिनका एक, जिम्बाबेका एक, भेनेजुएलाका एक, ब्राजिलका एक, म्यानमारका एक र बेलायतका एक कैदी फरार छन् ।
विभागका महानिर्देशक लीलाप्रसाद शर्माले २० असोजपछि पक्राउ गरिएका कैदीबन्दीलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन नसकिएको बताउनु भयो ।कारागार व्यवस्थापन ऐन, २०७९ अनुसार कुनै पनि कैदीबन्दी कारागारबाट भागे वा भाग्ने उद्योग गरेमा पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्मको जरिवाना र दुवै सजाय हुन सक्नेछ । त्यस्तै, कुनै बन्दीलाई भगाएमा वा त्यस्तो उद्योगमा संलग्न भएमा पनि घटनामा संलग्न व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मका जरिवाना हुन सक्छ ।


