
ज्ञानेन्द्र पोखरेल, मैनापोखर । बढैयाताल गाउँपालिकामा देउसी भैलो खेलेर संकलन भएको रकम मन्दिर निर्माणमा खर्च गर्ने भएको छन् । बढैयाताल गाउँपालिका, २ सीपापुरका स्थानीयले देउसी भैलो खेलेर संकलन भएको रकम मन्दिर निर्माणमा खर्च गर्ने भएको हुन ।
देउसी भैलो खेलेर संकलन भएको रकम आज सार्वजनिक गरिएको छ । स्थानीय समाजसेवी ज्ञानप्रसाद बगालेले देउसी भैलो खेलेर संकलन भएको २ लाख ४० हजार ६ सय ११ रुपैयाँ मध्ये खर्च भएर बाँकी रहेको रकम २ लाख २० हजार ७ सय ११ रुपैयाँ नवदुर्गा भगवती मन्दिर निर्माण कार्यमा खर्च गरिने बताउनु भयो ।

सीतापुर रहेको अम्मर ज्योति माध्यामिक विद्यालय स्कुल नजिक रहेको प्राचीन नवदुर्गा भगवती मन्दिर २०२९ सालमा स्थापना भएको थियो । स्थानीय भगवतीको मन्दिरमा पूजाआजा गर्दै आएका छन् । ०८१ सालमा धार्मिक महायज्ञ गरि करिब २४ लाख रुपैयाँ बचत गरी सोही रकम वाट निर्माण कार्य शुरु भएको ४ तल्ले प्यागोडा शैलीमा निर्माणधीन अवस्थामा रहेको छ । करिब करिव ४५ लाख रुपैयाँमा मन्दिर निर्माणको हुने मन्दिरमा पैसा लगानी गर्ने निर्णय भएको स्थानीय समाजसेवी बगालले बताउनु भयो ।
बढैयाताल वडा नं २ का अध्यक्ष डिलादेव गिरीले स्थानीयले देउसी भैलो खेलेर उठाएको रकम प्राचीन मन्दिरमा निर्माणमा खर्च गर्ने जुन घोषणा भएको त्यो सकारात्मक र सराहनीय भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडाको पनि मन्दिर निर्माणको सक्दो सहयोग गर्नेछ ।


