bardiyahospital

नौबस्ता कारागारबाट भागेका  कैदीबन्दी पक्राउ 

Geruwa GIF

कृष्णसार अनलाइन । बाँकेको नौबस्ता कारागारबाट भागेको कैदीबन्दीलाई पक्राउ गरिएको छ । जेनजी आन्दोलनको समयमा नौबस्ता कारागारबाट भागेका कैदीबन्दी गुलरिया नगरपालिका, ५ का २३ वर्षीय राम चरण चौधरीलाई बुधबार पक्राउ गरिएको हो । 

चौधरीले बलात्कार मुद्दामा कैद सजाय पाएका थिए । जेनजी आन्दोलन हुँदा भदौ २५ गते कारागारबाट चौधरी भागेका थिए । कारागारबाट भागेको करिब दुई महिनापछि चौधरीलाई जिल्ला प्रशासन कार्यालयबाट पक्राउ गरिएको छ । 

cld

कारागारबाट भागेका चौधरी नागरिकता  निकाल्न आउँदा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका प प्रशासकीय अधिकृत विमल गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ चौधरीले गुलरिया नगरपालिका, ५ वडा कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न आएका थिए । चौधरीले ल्याएको सिफारिस अनुसारको विवरण हेर्दा चौधरी कारागारबाट भोगेको भन्ने थाहा पाउने बितीकै पक्राउ गरि प्रहरीलाई बुझाइएको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.