bardiyahospital

स्थानहरूमा मध्यम वर्षाको सम्भावना

Geruwa GIF

काठमाडौँ ।  आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा पूर्ण बदली रही तराई भूभागमा अधिकांश बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

cld

कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.