
कृष्णसार अनलाइन । बर्दियामा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको बारेमा अन्तरक्रिया गरिएको छ । नेपाल बौद्धिक परिषद बर्दियाको आयोजनामा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नेपालमा भएको जेनजी आन्दोलन र त्यसले पारेको प्रभावको बारेमा नेपाल बौद्धिक परिषद बर्दियाका अध्यक्ष सोम खड्काले अवधारणा पत्र प्रस्ततु गर्नु भएको थियो ।अन्तरक्रियामा निवर्तमान प्रतिनिधि सभा सदस्य शोभा ज्ञवाली, नेकपा एमाले केन्द्रिय सदस्य खड्कबहादुर खड्का , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव लिला राना, सदस्य कुल प्रसाद पोखरेल र कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेकपा एमालेका अध्यक्ष शालिकराम अधिकारी उपाध्यक्ष दुर्गा वली सहभागी हुनुहुन्थ्यो ।

नारायण खनाल, मदन ज्ञवाली , हरिप्रसाद जोशी सर र नेकपा एमालेका पार्टी सचिव पदम ढकालले अवधारण पत्रमा आफ्नो टिप्पणी व्यक्त गर्नु भएको थियो । आन्दोलनमा न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, प्रहरी चौकी, उद्योग, कलकारखाना, र व्यक्तिगत सम्पत्ति जल्नु दुःखद र गलत भएको अधिकांशको मत रहेको थियो ।


