Division forest_Ads
Barista_Training

राहतको माग गर्दै विरोध प्रर्दशन (भिडियाे सहित)

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा बेमौसमी बर्षात् र बाढिका कारण क्षती भएका कृषकहरुलाई राहत दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ र नेकपा एमाले गुलरिया नगरकमिटिको नेतृत्वमा गुलरिया बजारमा कृषकहरुले विरोध प्रर्दशन गरेका हुन् । कृषकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 भिडियो हेर्नुहोस्…।

Basgadhi PSA_final

ज्ञापनपत्रमा बर्षा प्रभावित किसानका धान र अन्यवाली तथा पशुपंक्षीमा भएको आधारमा क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने माग गरीएको छ । त्यसैगरी किसानहरुको पुनः वर्गीकरण गरी सिमान्त वर्ग साना तथा अधिया ÷बटैया गर्ने किसानलाई पहिलो प्राथिमिकतामा राखी शतप्रतिशत राहत दिनुपर्ने माग गरीएको छ । त्यसैगरी मध्यम वर्गका किसानलाई ८० प्रतिशत र उच्च वर्गका किसानलाई ५० प्रतिशत राहत वितरण गर्न जोडदार माग गरीएको छ ।

ज्ञापनपत्रमा बर्ष बाढी र डुवानबाट प्रभावित कृषकहरुलाई राहत स्वरुप उनीहरुले बैंकबाट लिएको कर्जामा साना किसानको सम्पुर्ण कर्जा मिनाहा गर्नुका साथै डुवान प्रभावित कृषकहरुलाई सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराउन माग गरेका छन् । नेकपा एमाले गुलरिया नगरकमिटीका अध्यक्ष अमरबहादुर खड्का द्वारा हस्ताक्षर गरीएको ज्ञापन पत्रमा कृषकहरुलाई मल खाद र विउ समय मै निःशुल्क उपलब्ध गराउनु पर्ने कृषि वाली र पशुपंक्षी फर्महरुको विमाको व्यवस्था गर्नुपर्ने माग गरीएको छ । अध्यक्ष खड्काले बाली क्षती भएको लामो समय सम्म पनि कृषकले राहत नपाउँदा थप पीडित बनेको बताउनु भयो ।

 


अखिल नेपाल किसान महासंघका महासचिव खड्कबहादुर खाड्काले किसानहरुको समस्याको समाधान नभए चरणबद्ध आन्दोलनको सुरुवात गर्ने बताउनु भयो । बर्दियाका अधिकांश स्थानमा बेमौसमी बर्षातले गर्दा कृषकहरु पीडित बनिरहँदा पनि राज्यले बेवास्ता गरेको बताउनु भयो । अझैपनि कृषकको समस्यालाई वेवास्ता गरेमा थप आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.