bardiyahospital

पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका, ७ बठनपुरका १३ वर्षीय बालक अभिषेक बुढाको औहरी खोलामा डुबेर मृत्यु भएको हो।

बूढा दिउँसो ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका उद्घाटनमा जान भनी घरबाट हिँडेको भए पनि  प्रतियोगिताको उद्घाटनमा नगएर नदीमा  पौडी खेल्न पुगेका थिए। 

cld

घरदेखि तीन किलोमिटर टाढा रहेको औहरी खोलामा पौडी खेल्न गएका वेला नदीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले  बताउनु भयो । उहाँले भन्नुभयो, ‘ दिउँसो ३ बजे नदीमा पौडी खेल्न गएका बालक बेपत्ता भएको खबर आयो। खबर आएलगत्तै प्रहरी घटनास्थलमा  पुगेको थियो। घटनास्थलमा प्रहरी, जबरजंग गणका नेपाली सेना र स्थानीयको मिलेर बालकको खोजी गर्ने क्रममा शव फेला परेको थियो ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.