
कृष्णसार अनलाइन । बर्दियामा ‘कम्बाइन हार्बेस्टर’को ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। कम्बाइन हार्बेस्टरको ठक्करबाट साइकल यात्री गेरुवा गाउँपालिका– २ राजीपुरका ७१ वर्षीय तारासिंह हमालको मृत्यु भएको हो।
पाताभारको भित्री सडकमा बुधबार दिउँसो साढे २ बजेको समयमा धान काटेर फकिँदै गरेको कम्बाइन हार्बेस्टरले साइकलमा सवार हमाललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका हमाललाई तत्काल उपचारका लागि राजापुर नगर अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ ।’


