bardiyahospital

बर्दियामा मतदाता नामावलीमा दर्ता हुन युवाले देखाएनन् चासो 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्न युवाहरूको सख्या न्यून रहेको छ । निर्वाचन आयोगले १० असोजबाट मतदाता नामावलीमा नाम दर्ता खुल्ला गरे पनि कार्यालय गएर नाम दर्ता गर्नेको संख्या निकै कम रहेको छ । 

सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले १० असोजबाट मतदाता नामावलीमा नाम दर्ता खुल्ला गरेको हो । नाम दर्ता गर्न निर्वाचन कार्यालयमा गएर कात्तिक मसान्तसम्म नाम दर्ता गर्नुपर्छ । त्यसपछि मात्र निर्वाचनमा मतदान गर्न पाइन्छ । 

cld

१० असोजदेखि १५ कात्तिकसम्म कार्यालय गएर ५८४ जना नयाँ मतदाताले नाम दर्ता गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘आर्थिक वर्ष ०८२/०८३ मा मतदाता नामावली दर्ता १० असोजबाट मतदाता नामावली नाम दर्ता गर्न थालिएको हो ।’  निर्वाचन आयोगले ५२ दिनका लागि नामावली दर्ता खुल्ला गरेको छ । जसमध्ये २० दिन चाडपर्व र अन्य  बिदा पर्छ भने ३२ दिनमा नामावली दर्ताको काम हुने देखिन्छ । बर्दियामा २० दिनमा ५८४ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको छन् । 

बर्दियामा आर्थिक वर्ष ०८२/०८३ मा १५ कात्तिकसम्म नयाँ नागरिकता लिने दुई हजार ८६५ जना रहेको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत विमल गुरुङले बताउनु भयो । यसरी नागरिकता लिने र मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या हेर्दा निर्वाचनमा युवाहरूको रुचि खासै देखिँदैन । राष्ट्रिय जनगणना ०७८ को तथ्याङ्क अनुसार बर्दियाको जनसंख्या चार लाख ५९ हजार ९ सय रहेको छ भने १५  कात्तिकसम्म १८ वर्ष पूरा भएर मताधिकारको प्रयोग गर्न पाउनेको संख्या तीन लाख १७ हजार तीन सय ३४ जना रहेको छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.