bardiyahospital

कार्यसम्पादन मूल्याङ्कनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो

Geruwa GIF

कृष्णसार अनलाइन । कार्यसम्पादन मूल्याङ्कनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको छ । मुख्य मुख्य स्वास्थ्य कार्यक्रमको आधारमा गरिएको मूल्याङ्कनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको हो ।

लुम्बिनी प्रदेश सरकारको मातहतमा १४ वटा अस्पतालमा रहेको छ । लुम्बिनी प्रदेशमा रहेको अस्पतालबाट प्रदान गरिने सेवाहरूको समयमा रिर्पोट तयार गर्ने, वार्षिक प्रतिवेदन, समयमा तथ्याङ्क अपडेट गर्ने लगायतमा अन्य विषयमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयमा  बारेमा मूल्याङ्कनको गर्ने गरेको छ । त्यस मूल्याङ्कनको आधारमा ७०.२४ प्रतिशत अङ्क ल्याएर बर्दिया अस्पताल पहिलो, ६९.७४ प्रतिशत अङ्क ल्याएर अर्घाखाँची  अस्पतालमा दोस्रो र ६८.७४ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो भएको स्वास्थ्य निर्देशानलयका  निमित निर्देशक रोशनलाल चौधरीले बताउनु भयो । 

cld

बर्दिया अस्पताल गुलरियामा ५० शय्या क्षमता रहेको छ । अस्पतालले पछिल्लो समयमा डाइलासिस सेवा र रेडियोलोजिस्टबाट भिडियो एक्सरे सेवा सुरु गरेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.