bardiyahospital

नेपाली सेनामा भर्ना हुन चाहने युवाहरूका लागि सचेतना मूलक कार्यक्रम 

Geruwa GIF

कृष्णसार अनलाइन । नेपाली सेनामा भर्ना हुन चाहने युवायुवतीलाई आवश्यक पर्ने उमेर, शैक्षिक योग्यता, अन्य कागजात र शारीरिक परीक्षणको बारेमा सचेतना मूलक कार्यक्रम गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षा तैनाथ जबर जंग गणको आयोजनामा सेनामा भर्ना हुन चाहने युवायुवतीलाई आवश्यक पर्ने उमेर, शैक्षिक योग्यता, अन्य कागजात शारीरिक परीक्षणको बारेमा सचेतना मूलक कार्यक्रम गरिएको हो । 

मधुवन नगरपालिका, १ डल्लाको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान आवद्ध भएको करिब ८० जनाको उपस्थिति भएको कार्यक्रममा भएको थियो । 

cld

जबर जंग गणका गणपति प्रमुख सेनानी दिपेन्द्र शाहीले देशको शान्ति सुरक्षा कार्यम राख्न युवाहरूको  विशेष महत्व रहने भएको बताउनु भयो । ‘ युवा पुस्ताको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका त्यसकारण युवा पुस्ताहरू जहिले पनि राष्ट्र निर्माणका काम लाग्नुपर्छ ।’ उहाँले भन्नुभयो,  ‘ नेपाली सेना देशको रक्षाको लागि काम गर्ने भएकोले सेनामा हन चाहने चाहने युवाहरूका लागि नै यो कार्यक्रम गरिएको हो ।’ गणका गणपति प्रमुख सेनानी शाहीले देशभित्र आउने भुकम्प, बाढी पहिरो जस्तो संकट र देशमा आइपर्ने अन्य सङ्कटमा पनि सेना काम गर्नुका साथै निकुञ्ज र आरक्षण क्षेत्रमा रहेको प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षणको क्षेत्रमा पनि सेनाले काम गर्ने गरेको बताउनु भयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक बरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले वन्यजन्तुको सिकार, चोरी पैठारी गर्दा ऐन र नियमावलीले व्यवस्था गरेको कानुन अनुसार कारवाही हुने भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निकुञ्जको सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण हुने भएकोले वन्यजन्तुको संरक्षण सम्बन्धी ज्ञान हुन जरुरी रहेको छ । निकुञ्जभित्र हुने अवैध गतिविधि रोक्न सेनाले विगतका दिनदेखि काम गर्दै आएकोले नेपाली सेनामा जान चाहने युवायुवतीले संरक्षणको बारेमा पनि जानी राख्न जरुरी रहेको छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले निकुञ्ज रहेको वन्यजन्तुको संरक्षणमा यहाँका युवायुवतीको भूमिका महत्वपूर्ण भएकोले नेपाली सेनामा छनौट भएपछि यहाँहरूले संरक्षण लागि गर्ने कामले सार्थकता पाउने बताउनु भयो ।  

चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष गोविन्द्र चौधरीले नेपाली सेनाले आयोजना गरेको सचेतना मूलक कार्यक्रमले नेपाली सेनामा भर्ना हुन चाहने युवालाई सहयोग पुग्ने बताउनु भयो । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.