bardiyahospital

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाको अध्यक्षमा गिरी

Geruwa GIF

कृष्णसार अनलाइन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाको अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ  । शनिबार गुलरियामा  भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैटौँ अधिवेशनबाट अध्यक्षमा गेमराज गिरी सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन प्रत्येक तीन वर्षमा हुने गरेको छ । यस अघि पनि प्रतिष्ठानको अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यसैगरी छैटौँ अधिवेशनबाट प्रथम उपाध्यक्षमा लीला दर्लामीमगर, द्वितीय उपाध्यक्षमा भीमलाल चौधरी, सचिवमा विनोद केसी, सहसचिवमा चन्द्रा पोखरेल, कोषाध्यक्षमा कमला घिमिरे निर्वाचित हुनु भएको छ । 

cld


सहकोषाध्यक्ष भूमिका वली, सदस्यमा सुशील बराल, नैन सुनार सीता ढकाल, सागर दहित, दिलीप नेपाली र जीवराज पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको अध्यक्ष मण्डलका संयोजक लोकमणि आत्रेयले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बर्दिया कला र संस्कृतीले धनी र विविधता भएको जिल्ला हो । यहाँ बसोबास गर्ने जातजाति पनि लोक संस्कृति छ। आफ्नो छुट्टै पहिचान छ त्यहीँ भएर पनि कार्यसमिति छनौटमा गर्दा सबै क्षेत्र र भाषाको प्रतिनिधित्व हुने गरी कार्यसमिति चयन भएको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.