
ज्ञानेन्द्रराज पोखरेल, मैनापोखर । बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा रावल सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिबार मैनापोखर भएको बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा रविन्द्र रावल निर्वाचित हुनु भएको हो ।
त्यसैगरी अधिवेशनबाट प्रथम उपाध्यक्षमा दीपक खनाल, द्धितीय उपाध्यक्षमा शिव सुवेदी, तृतीय उपाध्यक्षमा पार्वती काफ्ले, महासचिवमा ज्ञानप्रसाद बगाले, उप महासचिबमा बाबुराम बरार, सचिवमा विकाश कोइलारा, कोषाध्यक्षमा तारानाथ पौडेल, सहकोषाध्यक्ष दुर्गा प्रसाद थारु निर्वाचित हुनु भएको छ ।

भने अधिवेशनले सदस्यमा ताराकुमारी काफ्ले, मायादेबी ढकाल, केशव बराल, विष्णु पोख्रेल, मित्रराज घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत सोम खड्काले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघको अधिवेशन प्रत्येक तीन तीन वर्षमा हुने गरेको छ । यस अघि बढैयाताल उद्योग वाणिज्य संघको अध्यक्ष बालकृष्ण लामिछाने रहेको थिए ।


