
कृष्णसार अनलाइन । निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षाका लागि बर्दियामा २० परीक्षा केन्द्र तोकिएको छ । आगामी मंसिर २० गते हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षाका लागि बर्दियामा २० परीक्षा केन्द्र तोकिएको हो ।
यस वर्ष बर्दियामा हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षामा ५ हजार १२ जना परीक्षार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई सूचना अधिकारी शाखा अधिकृत रविन्द्रनाथ थारूले जानकारी दिए । गत वर्ष निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षामा ६ हजार दुई सय ५० जना परीक्षार्थीले परीक्षा दिएको थिए ।

परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गुलरिया नगरपालिकामा, ८ परीक्षा केन्द्र, बाँसगढी नगरपालिकामा ६ परीक्षा केन्द्र, मधुवन नगरपालिका ५ परीक्षा केन्द्र बढैयाताल गाउँपालिकामा ४ परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य बहादुर खत्रीले बताए । उनले भने, ‘ अध्यापन अनुमति पत्रको परीक्षामा परीक्षा दिन आउने परीक्षार्थीलाई सहज होस भनेर चार पालिकामा परीक्षा केन्द्र राखिएको हो ।’


