bardiyahospital

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

Geruwa GIF

कृष्णसार अनलाइन । नेपाली सेनाले पत्रकारलाई लागि सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थित उत्तर पश्चिम पृतना हेडक्वार्टरमा सञ्चालन भएको रक्षा  संवाददाता अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको हो ।

गत सोमबारदेखि सुरु भएको चारदिने अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेशका डोल्पा जुम्ला, हुम्ला, दैलेख, जाजरकोट कालिकोट मृगु, सुर्खेत र लुम्बिनी प्रदेशमा बाँके बर्दियामा गरी २४ जना पत्रकारको सहभागिता रहेको थियो । तालिममा नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, भूमिका र विविध गतिविधिहरूका बारेमा पत्रकारलाई सुसूचित गरिएको थियो । 

cld

अभिमुखीकरण कार्यक्रमको समापन समारोहका बोल्दै उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेशजंग शाहले अभिमुखीकरण कार्यक्रमले नेपाली सेनाका बारेमा समाचार  संकलन र सम्प्रेषणमा थप सहजता, स्पष्टता र विश्वसनीयता स्थापित हुन मद्दत पुग्ने बताउनु भयो ।

अभिमुखीकरण समापन कार्यक्रममा विगत देखि नेपाली सेनाको उत्पादन गरेको रेडियो कार्यक्रम प्रसारण गर्दै आएका कर्णाली र लुम्बिनीका गरी ९ वटा एफएम रेडियो स्टेसनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयको तर्फबाट कदर पत्र समेत प्रदान गरिएको थियो ।

नेपाली सेनाले  पत्रकारलाई दिएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमले समाचार संकलन र सम्प्रेषण गर्दा सहज हुने, समाचार संकलन गर्दा स्पष्टता कायम हुने हुँदा  सत्य र तथ्य हुने कुरामा अभिमुखीकरण कार्यक्रममा जोड दिइएको छ । 

प्रमुख सेनानी बरुण के.सी खत्रीले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालन उप सेनानी श्रीजना नेपालले  गर्नु भएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.