
कृष्णसार अनलाइन । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको जङ्गी अड्डाको भ्रमण गर्नु भएको छ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको जङ्गी अड्डाको भ्रमण गर्नु भएको हो ।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएकी प्रधानमन्त्री कार्कीलाई नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले जङ्गी अड्डामा स्वागत गर्नु भएको थियो । सेनाको जङ्गी अड्डाको भ्रमण गर्नु भएकी प्रधानमन्त्री कार्कीलाई सेनाका गतिविधि लगायत निर्वाचन सुरक्षा सम्बन्धी जानकारी गराइएको नेपाली सेवा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा जनाएको छ ।

भ्रमण दलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमन राज अर्याल, र नेपाली सेनाका बलाधिकृत बलाध्यक्ष लगाएको सहभागिता रहेको थियो ।



