bardiyahospital

बर्दिया दुई सयजना एचआइभी संक्रमित 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा  एचआइभी/एड्स पहिचान भएका दुई सयजना  संक्रमितले नियमित औषधि सेवन गरेको पाइएको छ । बर्दिया अस्पताल गुलरियाबाट एचआइभी/एड्स पहिचान भएका दुई सयजना संक्रमितले नियमित औषधि सेवन  गरेको पाइएको हो।

अस्पताल नियमित औषधि सेवन गर्नेमा १०३ महिला,  ८३ जना पुरुष र १४ जना अन्य रहेको मेडिकल रेकर्डर केशव न्यौपानेले बताए । उनले एचआइभी/एड्स भएका मध्ये १५ वर्षमुनिका आठजना रहेको बालबालिका रहेकाे जानकारी दिनुभयो । 

cld

एचआइभी भएका मानिसको भाइरल लोड घटाउनका लागि नियमित औषधि सेवन गर्नुपर्ने अस्पतालका मेडिकल डाक्टर चन्द्रप्रकाश तिमिल्सिनाले बताउनु भयो । उहाँले भन्नुभयो,  ‘भाइरल लोड घटेपछि  अन्य संक्रमण हुन सक्ने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने हुँदा अवसरवादी  संक्रमण हुनबाट औषधिले  बचाउने  काम  गर्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.