प्रकाश पौडेल
बारबर्दिया ।
५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवश अवसरमा बारबर्दिया नगरपालिकाले विविध सचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाएको छ । जातिय भेदभावको विरुद्धमा शुन्य सहनशिलताको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।
दिवशको अवसरमा बारबर्दियाभित्रका दलित समुदायहरुको उपस्थितीमा र्याली तथा साँस्कृतिक झाँकीको आयोजना गरी जयनगर बजार परीक्रमा गरीएको थियो । र्याली पश्चात् कार्यक्रमको आयोजना गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मन्त्री एवं सांसद सन्तकुमार थारु जातिय मुक्तीका लागि नेपालमा पटक पटक आन्दोलनहरु हुँदै आएको बताउनु भयो । उहाँले जातिय उत्थानका लागि माओवादीले १० बर्षे जनयुद्ध लडेको बताउँदै त्यसको परिणाम स्वरुप नेपालको संविधानमा दलितहरुको हक अधिकारको विषय समावेश भएको बताउनु भयो ।
बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले जातिय उत्थान लागी माओवादी लडेको र जनयुद्दको पहिलो शहिद दिल बहादुर रम्तेल पनि दलित जातिको भएको बताउनु भयो ।
सामाजिक विकास समितिका संयोजक एवं वडा नंंं. १० वडा अध्यक्ष निरन्जन कुमार थारुको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख अन्जु दहित ,सुकुम्बासी आयोगका पुर्व सदस्य भक्त बहादुर बि.क.,दलित अधिकारकर्मी कमल बि.क, वडा नं ६ का वडा अध्यक्ष कर्ण बहादुर बि.क.लगाएतको उपस्थिती रहेको थियो ।