bardiyahospital

गुलरियामा दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका उपविजेतालाई सम्मान

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकाले श्रीलङ्काको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५ को उपविजेता टिमको खेलाडीलाई सम्मान गरेको छ । पालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर श्रीलङ्काको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५ को उपविजेता टिमको खेलाडीलाई सम्मान गरेको हो । 

दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५ को उपविजेता टिमको उपविजेता गुलरिया नगरपालिका, कान्ति चौधरी र गुलरिया नगरपालिका , ९ कि बिनिता सोमइ मगरलाई सम्मान गरिएको गुलरिया नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बाकाबल जानकारी दिनुभयो । 

cld

 दृष्टिविहीन महिला क्रिकेटको सुरुवात नेपालमा ०६४ बाट भएको थियो । नेपालपछि पाकिस्तान, भारत, अस्ट्रेलिया, श्रीलङ्का, इङ्ग्ल्यान्ड र अमेरिका लगायत देशले पनि यसलाई प्राथमिकतामा राखे । त्यसपछि दृष्टिविहीन महिला किकेट सुरुवात भएको हो  ।

 ३४ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश ‘ अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको सवर्धन’ भन्ने मूल नाराका साथ अपाङ्गता दिवस मनाएको छ । अपाङ्गता दिवश पालिकाले विभिन्न संघसंस्थाको सहकार्य गरेर मनाएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.