
कृष्णसार अनलाइन । बर्दियामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि कांग्रेसले प्रत्यक्षतर्फ चारजना तथा समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्य समितिको २३ मंसिरमा बसेको बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि कांग्रेसले प्रत्यक्षतर्फ चारजना तथा समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरेको हो।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्य समितिको बैठकले प्रत्यक्ष र समानुपातिक गरी ११ जनाको नाम कांग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ । बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसिँचाइमन्त्री सञ्जयकुमार गौतम, रत्ना थारू, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस गरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति सभापति मुक्तिनाथ यादवले बताउनु भयो ।

त्यसैगरी, समानुपातिकतर्फ मिश्रीलाल यादव, तिलकबहादुर बुढाथोकी, लक्ष्मी ढकाल, रहिस अहमद सिद्दिकी, गोविन्द्रप्रसाद थारू, कालुराम बिक र पुष्पलाल श्रेष्ठको नाम सिफारिस गरिएको सभापति यादवले जानकारी दिनुभयो ।


