
कृष्णसार अनलाइन । १५ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको कसुरमा बर्दिया जिल्ला अदालतले ४ महिना कैद सजायको फैसला गरेको छ । अदालतले ठाकुरबाबा नगरपालिका– १ का ५९ वर्षीय गणेश प्रसाद जैसी खनाललाई कसुर ठहर गर्दै ४ महिना कैद सजायको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको मंसिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ४ महिना कैद सजाय, पाँच हजार रुपियाँ जरिबाना, दुई हजार पाँच सय रुपियाँ क्षतिपूर्ति र दुई सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।

बालिकालाई ०८२ भदौ १७ गते बालयौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १९ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई भदौ १९ गते पक्राउ गरेको थियो ।


