
कृष्णसार अनलाइन । नक्कली नोट सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नक्कली नोट सहित सर्लाहीको विष्णु गाउँपालिका, ६ का ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल आँउदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले नक्कली नोट सहित खानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


