Division forest_Ads
Barista_Training

प्रथामिक उपचार सम्बन्धि एकदिन अन्तरक्रिया कार्यक्रम

Geruwa GIF

प्रकाश पौडेल
गुलरिया ।
बबई बहुमुखी क्याम्पसमा सर्प दंश र रेविजको प्राथमिक उपचार सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सरोकार हाम्रो अभियान नेपालको आयोजना र कृष्णसार अनलाईनको सहकार्यमा सर्प दंश र रेविज रोगको प्राथमिक उपचार सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 


कार्यक्रममा बर्दिया अस्पतालका मेडिकल अधिकृत डाक्टर मनोज कुमार तिमिल्सैनाले सहजीकरण गर्नु भएको थियो । उहाँले सर्पले टोकेमा बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्याउने, टोकेको स्थानमा नचलाएर राख्ने र हल्का ब्यान्डेज गर्नु पर्ने बताउनु भयो ।

Basgadhi PSA_final

उहाँले कुकुर, बिरालो र जंगली जनावरले टोकेमा स्वास्थ्यकर्मी सल्लाहमा स्वास्थ्य संस्थाबाट रेविजको खोप लगाउनु पर्ने बताउनु भयो । कुकुर, बिरालो र जंगली जनावरले टोकेमा साबुन पानीले वा सफापानीले घाउ सफा गरेमा रेविजको जोखिम न्युनिकरण सकिने बताउनु भयो । रेविज लागेपछि उपचार सम्भव नभएको बताउँदै तिमिल्सैनाले पहिले नै सर्तक रहनु पर्ने बताउनु भयो ।


सामाजिक सरोकार हाम्रो अभियान नेपालको कार्यवाहक अध्यक्ष सुजाता सिंखडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी क्याम्पस प्रमुख बिरेन्द्र राज लम्साल रहनु भएको थियो । कार्यक्रममा अतिथीहरु उपप्राध्यापक ईश्वरी प्रसाद रेग्मी, हरि प्रसाद जोशी, नारायण प्रसाद पौडेल , शिक्षण सहायक गजै सिंह कार्की , सिद्दराज उपाध्याय अनेरास्वबियु जिल्ला सचिव लक्ष्मण सिग्देल रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.