bardiyahospital

बर्दियामा ट्राफिक कार्यालयको भवन नहुँदा प्रशासनिक कामकाजमा समस्या 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरण जिम्मा पाएको ट्राफिक कार्यालयको भवन नहुँदा प्रशासनिक कामकाजमा समस्या हुने गरेको छ ।

गुलरिया नगरपालिका  ८ कोठियागाउँ जिल्ला ट्राफिक कार्यालयको नाममा  तीन कठ्ठा जग्गा छ । तर सरकार भवन बनाउन सरकारले  बजेट नदिँदा  ट्राफिक कार्यालय एउटै कोठाबाट भाडामा सञ्चालन हुँदै आएको छ ।

cld

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले ट्राफिक कार्यालयको आफ्नो भवन  नहुँदा एउटा कोठाबाट काम संचालन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘कार्यालयको आफ्नो भवन नहुँदा  कार्यालय दिने सेवा प्रवाहमा समेत असर पारेको छ ।  सवारी दुर्घटना परेको सवारी साधन राख्नका लागि ठाँउको अभाव छ  भने कार्यालयमा कार्यालय प्रमुखको कार्यकक्ष छैन । कार्यालयमा आवश्यक पर्ने शाखाहरू छुट्टाछुट्टै छैन।’

जिल्लामा  सवारी दुर्घटनाको अवस्था हेर्दा प्रत्येक वर्ष दुर्घटना बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०८२/८३ को मंसिरसम्म  सडक दुर्घटनामा १९ जनाको मृत्यु, २६४ जना शक्त घाइते, तीन सय १४ जना सामान्य घाइते भएको छन् । त्यसैगरी गत आर्थिक वर्ष ०८१/८२ मा परी ३८ जनाको मृत्यु, ७५ जना शक्त घाइते, ६ सय ८३ जना सामान्य घाइते भएको छन्  भने आर्थिक वर्ष ०८०/ ८१ मा २६  जनाको मृत्यु, ६२ जना शक्त घाइते, ३७ जना सामान्य घाइते भएको   जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी राघवसिंह राठौरले जानकारी दिनुभयो । 

कार्यालयसँग सीमित स्रोतसाधन छ भएकाले दुर्घटना परेका सवारी साधन राख्ने ठाउँको  अभाव छ ।अर्कोतिर  कार्यालयको जग्गा प्रयोग बिहिन अवस्थामा रहेको छ । ट्राफिक कार्यालय वर्षेनि करिब एक करोड बराबरको राजस्व सङ्कलन गर्ने गरेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.