bardiyahospital

सुशीला कार्की नेतृत्वको सरकारको एक सय दिन, पुरा हुन सकेन् मन्त्रिपरिषद् बिस्तार

Geruwa GIF

कृष्णसार अनलाइन । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार  गठन भएको  एक सय दिन  हुँदा समेत मन्त्रिपरिषद्को  बिस्तार हुन सकेको छैन् । जेनजी आन्दोलनपछि बनेको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार गठन भएको  एक सय दिन पुरा हुँदा समेत मन्त्रिपरिषद्को बिस्तार हुन सकेको छैन् ।

आगामी ०८२ फागुन २१ गते प्रतिनिधी सभाको  निर्वाचन गराउने जिम्मेवारी प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकारको हो । । प्रधानमन्त्री भएको एक सय दिन हुँदा समेत कार्कीले मन्त्रिपरिषद्को बिस्तार गरी पूर्णता दिन सक्नु भएको छैन् । प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालय,  रक्षा मन्त्रालय र खानेपानी मन्त्रालयको जिम्मेवारी पनि आफैले लिनु भएको छ ।

cld

रामेश्वर खनालले अर्थ मन्त्रालय र सङ्घीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ । कुलमान घिसिङले  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ । अनिलकुमार सिन्हाले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ । 

त्यसैगरी ओमप्रकाश अर्यालले गृह मन्त्रालय, महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ ।  मनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,  सुधा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालय, कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ । भने राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधवप्रसाद चौलागाईले वन तथा वातावरण मन्त्रालय र श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ ।

सरकार गठन भएको एक सय दिन हुँदा यस बीचमा  जेनजी आन्दोलनका माग पुरा गर्न नसकेको भन्दै जेनजी युवाले प्रधानमन्त्री कार्कीको विरोध समेत गर्दै आएका छन् । पुरानै नेताहरुको शैली पछ्याउदै प्रधानमन्त्री कार्कीको सरकारको मन्त्री कुलमान घिसिङ पार्टीको काममा देशका विभिन्न ठाँउमा कार्यक्रम गर्दै हिड्नु भएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.