bardiyahospital

 हुस्सु र चिसोले जनजीवन प्रभावित

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा बाक्लो हुस्सु  तथा चिसोले जनजीवन प्रभावित भएको छ । आठ  दिनदेखि परेको  हुस्सु  तथा चिसोले जनजीवन प्रभावित भएको हो ।

चिसोले गर्दा मानिसको जनजीवन असामान्य बन्दै गएको छ।  चिसोले गर्दा सडकमा मानिसको चहलपहल घटेको छ ।  व्यापार–व्यवसाय घटेको छ भने सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा पनि कमी आएको छ ।

cld

बाक्लो हुस्सुले एक सय मिटर अगाडि पनि  देख्न  नसक्ने भएपछि सडक दुर्घटनाको उच्च जोखिम भएको स्थानमा ट्राफिक चेकजाँच गर्नुका साथै सवारी चलाउँदा दूरी कायम  गरेर सवारी साधन चलाउन सवारीचालकलाई भनिएको   जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताउनु भयो । 

हुस्सु  तथा चिसोबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्। शिक्षा विकास तथा  समन्वय एकाइ प्रमुख सूर्यबहादुर खत्रीले जिल्लामा एक लाख आठ हजार २७७ जना विद्यार्थी विद्यालयमा रहेको बताउनु भयो उहाँले भन्नुभयो,  ‘चिसो बढेको भएको पनि विद्यालयको पठनपाठन नियमित रूपमा भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले हुस्सु र चिसो बढेसँगै चिसोबाट सचेत रहन सचेततामूलक कार्यक्रम गर्ने र आर्थिक रूपमा विपन्न परिवारको पहिचान गरी न्यानो कपडा, दाउरा, औषधिलगायत सामग्री वितरणको तयारीसमेत गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘स्थानीयलाई  हुस्सु र न्यानोबाट  सुरक्षित राख्न सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने तयारी गरिएको छ भने सशस्त्र प्रहरी बल नेपालले दाउरासमेत वितरण गरेको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.