bardiyahospital

 वन्यजन्तुको संरक्षणको लागि रातमा संयुक्त गस्ती 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा वन्यजन्तुको संरक्षणका लागि रातमा निकुञ्ज, नेपाली सेना र स्थानीय युवाले संयुक्त रूपमा गस्ती गरेका छन् । मध्यवर्ती क्षेत्र र सामुदायिक वन वरपर वन्यजन्तुको चोरी शिकार हुन नदिन वन्यजन्तुको संरक्षण गर्नका लागि रातमा निकुञ्ज, नेपाली सेना र स्थानीय युवाले संयुक्त रूपमा गस्ती गरेका हुन । 

निकुञ्ज तथा निकुञ्जसँग जोडिएको सामुदायिक वनमा पाइने बाघ, हात्ती, गैँडा चित्तल, रतुवा, बाह्रसिङे, लगायत चराचुरुङ्गी, नदीमा पाइने गोही, घडियाल, सर्प लगायत वन्यजन्तुको संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको सुरक्षामा तैनाथ जबर जंग गण  र स्थानीयको महत्वपूर्ण योगदान रहेको छ । मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा कसैले अवैध गतिविधि गरेमा वा शङ्कास्पद व्यवहार देखाएमा समुदायले निकुञ्ज र नेपाली सेनालाई खबर समेत गर्ने गरेको छन् । वन्यजन्तुको संरक्षणका लागि निकुञ्ज , नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषले समुदायसँग सहकार्य गर्दै आएको छन् । 

cld

सोमबार राती बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र जबर जंग गणका नेपाली सेना र स्थानीय युवाहरूको टोली मिलेर चोरी शिकार हुन सक्ने सम्भावना भएको स्थानमा पैदल गस्ती गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष गोविन्द्र चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ‘ निकुञ्जमा पाइने पाटेबाघ, गैँडा, हात्तीको बथान र अन्य वन्यजन्तुले हेर्न देश विदेशबाट पर्यटन आउने गर्नुहुन्छ । वन्यजन्तुलाई बचाउन सके मात्र पर्यटन भित्र्याउन सकिन्छ । त्यहीँ भएर वन्यजन्तुको संरक्षण गर्दै, पर्यापर्यटनको विकास गर्न वन्यजन्तुको बासस्थान भएको ठाउँमा र वन्यजन्तु हिँडडुल गर्ने स्थानमा संयुक्त रूपमा गस्ती गर्दै आएका छौँ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.