bardiyahospital

बर्दियामा बाघ गणना सुरु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा बाघ गणना सुरु भएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेसँगै बाघ गणना सुरु भएको हो । 

वन तथा वातावरण मन्त्रालयका सचिव सहितको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जभित्र  क्यामरा जडान गरेर बाघ गणना थालेको हो । वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले बाघ गणना गर्न  क्यामरा ट्रापिङ प्रविधि प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले बाघ संरक्षणको क्षेत्रमा नेपालले गरेको काम महत्वपूर्ण भएको बताए । उनले देशभरको बाघको गणना गर्न करिब तीन महिना लाग्ने समेत बताए । उनले भने, ‘बाघ गणना गरेपछि बाघको संरक्षणका लागि गर्नुपर्ने काम, मानव बाघ द्वन्द्व न्यूनीकरणका लागि बनाउनु पर्ने कार्ययोजना बनाउन  समेत  सहयोग हुनेछ ।’

cld

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघको संख्या बढ्दो वा घट्दो अवस्था पत्ता लगाउन प्रत्येक चार–चार वर्षमा गणना गर्ने गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाघ गणना गर्दा राखिने क्यामरामा बाघको गतिविधि, आनीबानी रेकर्ड हुने हुँदा पहिचान हुने र  निगरानी गर्न सकिन्छ । बाघको आहारा प्रजातिमा कमी आएमा वा बाघको बासस्थानमा कुनै  डिस्टर्ब भएमा पनि संख्यामा कमी आउँछ । त्यहीँ भएर बाघको संख्या थाहा पाउन पनि गणना गर्ने गरिएको छ । बाघले ४–५ वटासम्म बच्चा जन्माउँछ, तर उपयुक्त बासस्थान नभएमा सबैको मृत्यु पनि  हुन्छ ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तूम्फाहाम्फेले बाघ गणना गर्दा कोर एरियाका साथै सामुदायिक वन  जैविक मार्गमा क्यामरा राखिने गरेको बताउनु भयो । 

सन् २०२२ मा गरिएको गणनामा अनुसार बर्दियामा एक सय २५ वटा बाघ थिए । बाघ गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त प्राविधिक टोलीले गर्नेछ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.