bardiyahospital

बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रका घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडियाे 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीलाई परेवा ओढार नजिकको बबई नदीमा छोडिएको छ। बुधबार गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीलाई परेवा ओढार नजिकको बबई नदीमा छोडिएको हो।

घडियाल गोही सफा पानीमा बस्छ भने गोहीले मानिसलाई आक्रमण गर्दैन र गोहीले माछा मात्र खाने गर्छ। पछिल्लो समय मानवीय गतिविधि, खोला प्रदूषण, नदी उत्खनन, खोलामा अतिक्रमण, माछा मार्न  प्रयोग  हुने जाल र बल्छीका कारण  घडियाल गोहीको अस्तित्व सङ्कटमा पर्न थालेको छ।

cld

संघीय वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले प्रजनन केन्द्रमा रहेका १० वटा घडियाल गोहीलाई नदीमा छोडेको निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘घडियाल गोहीलाई परेवा ओढार नजिक बबई नदिको प्राकृतिक वासस्थानमा छोडिएको हो । जसमध्ये घडियाल गोहीका  पाँचवटा भाले  र पाँचवटा पोथी रहेका  छन्।’

करिब चार वर्षका घडियाल गोही छोड्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक  वेद कुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार राम, जबर गणका निमित्त गणपति मुकुन्द न्यौपाने लगायत  निकुञ्जका कर्मचारीसहितको टिमले गोहीलाई प्राकृतिक वासस्थान छोडेको हाे ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.