bardiyahospital

चिसोले गर्दा विद्यालयको पठनपाठन बन्द गर्न पालिकाको आग्रह

तीन संस्थागत विद्यालयले पालिकाको आग्रहलाई बेवास्ता

Geruwa GIF

कृष्णसार अनलाइन । बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयको पठनपाठन  बन्द गर्न सबै विद्यालयलाई आग्रह गरेको छ । अत्याधिक चिसोका कारण मौसम प्रतिकृत भएको हुँदा पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।

लगातार भएको शीतलहर र हुस्सुले गर्दा जनजीवन प्रभावित भएसँगै साना बालबालिकालाई चिसोले असर गर्ने भएकोले पुषको १३ र १४ गते बिदा दिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख बरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘चिसोबाट बालबालिकालाई जोगाउनका लागि विद्यालय बन्द गर्ने की भन्ने नगर प्रमुखसँगको छलफल गरेर जाडोको बिदा दिइएको हो ।’

cld

पालिकाले पुषको ८ र ९ गते जाडोको बिदा दिएपनि कतिपय निजी विद्यालयले पालिकाको सूचनालाई बेवास्ता गरेर विद्यालय सञ्चालन गरेको थिए । भने यस पटक १३ र १४ गते पालिकाले चिसो बढेसँगै गरेको बिदा कार्यान्वयन हुनेका आशका व्यक्त गरेको छन् ।

प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले अझै चिसो बढ्दै जाने भएकोले अहिले भन्दा पनि अल्ली पछि बिदा दिँदा हुन्थ्यो की भन्ने लागेको बताउनु भयो । उहाँले अहिले आफू बाहिर रहेकोले कोहलपुर रहेका विद्यालय बन्द भएको वा नभएको बारेमा आफूलाई थाहा नभएको जानकारी दिनुभयो ।

एन प्याब्सनका अध्यक्ष विष्णु केसीले आफू उपचारको लागि बाहिर रहेको हुँदा पालिकामा के भइरहेको छ , त्यस बारेका आफूलाई जानकारी नभएको बताउनु भयो ।

तीन संस्थागत विद्यालयले पालिकाको आग्रहलाई बेवास्ता

पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न आग्रह गरेपनि तीन संस्थागत विद्यालयले पठनपाठन हुने जनाएको छ । पालिकाभित्र रहेका तीन संस्थागत विद्यालयले पालिकाको आग्रहलाई बेवास्ता गर्दै बिद्यालयमा पठनपाठन हुने जनाएको हो ।

कोहलपुर नगरपालिका , १ मा रहेको ब्राइटलाईट एकेडेमी , त्यसैगरी कोहलपुर नगरपालिका, २ मा रहेको एभरेस्ट सैनिक माध्यामिक विद्यालय र कोहलपुर नगरपालिका, १२ मा रहेको डायमण्ड स्टार एकेडेमीले सामाजिक सञ्जाल मार्फत पालिकाले आग्रहलाई अपेक्षा गर्दै विद्यालय सञ्चालन हुने जनाएको छ ।पालिकाभित्र ३१ सामुदायिक विद्यालय र संस्थागत विद्यालय ५० वटा रहेको छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.