
प्रकाश पौडेल, गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते हुनु भएको छ । राजापुर नगरपालिका, १० कर्मोनीका ५० वर्षीय हेमराज बुढाथोकी घाइते हुनु भएको हो ।
शनिबार साँझ साढे ५ बजे घर नजिकको गोठमा गाई गोरूलाई घर फर्किने क्रममा चितुवाको आक्रमणबाट बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी देवेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

घाइते बुढाथोकीको दुवै खुट्टा र बायाँ हातको औलामा चोट लागेको छ । घाइतेलाई उपचारको लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ । बिरामीको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल अधिकृत सचिन गिरीले बताउनु भयो ।
गत बुधबार चितुवाको आक्रमणबाट बारबर्दिया १० कि ५० वर्षीय पार्वती डाँगीको मृत्युु भएको थियो ।


