bardiyahospital

काठबाट बन्ने हस्तकला निर्माणको तालिम

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा पहिलोपटक काठबाट बन्ने हात्ती, गैँडा र बाघ बनाउने हस्तकला निर्माणको तालिम भइरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा पहिलोपटक काठबाट बन्ने हात्ती, गैँडा, बाघ बनाउने हस्तकला निर्माणको तालिम भइरहेको हो। 

स्थानीय स्रोतले तथा साधनबाट बनेको हस्तकलाका सामग्रीहरू विदेशी पर्यटकको रोजाइ बन्न थालेका छन् । नेपाल घुम्न आउने पर्यटकको रोजाइमा हस्तकलाको  सामग्री पर्न थालेपछी निकुञ्जमा पाइने हात्ती, गैँडा र बाघको प्रतिमाको रूपमा हस्तकला सामग्री बनाउने तालिम दिइएको छ । स्थानीय स्तरमा पाइने काठ र  औजारहरूको प्रयोग गरेर हस्तकलाको सामग्री बनाउने गरिएको छ ।

cld

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले काठको प्रयोग गरेर  निकुञ्जमा पाइने बाघ, हात्ती र गैँडाको प्रतिमा बनाएर निकुञ्ज आउने पर्यटकलाई बिक्रीवितरण गर्न सके राम्रो  आम्दानी हुने भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बर्दियामा काठको प्रयोग गरेर निर्माण गरिने हस्तकलाको सामग्री पाइँदैन थियो। यसअघि यस्तो तालिम पनि सञ्चालन भएको थिएन । त्यही भएर राष्ट्रिय पर्यटन बोर्डको लगानी र निकुञ्जको आयोजना हस्तकला निर्माण तालिम दिइएको छ । तालिममा सहभागी भएका स्थानीयले  हस्तकलाको सामग्री निर्माण गरेर आयआर्जन गर्न सक्नुहुन्छ ।’

हस्तकला सामग्री विदेशी पर्यटकको रोजाइमा बढी पर्ने गरेको छ भने पछिल्लो समय मायाको चिनो दिनलाई,  घरमा लगेर सजाउन नेपालीले पनि किन्न थालेको हस्तकला सामग्री निर्माण गर्न सिकाउने प्रशिक्षक ताराबहादुर विकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म हस्तकला सामग्री निर्माणको तालिम लिनुभएका व्यक्तिहरूले  राम्रो गर्नुभएको छ । हस्तकलाको सामग्री बनाएर  निकुञ्ज आउने पर्यटकका लागि बेच्न सकिन्छ भने त्यसबाहेक काठमाडौंको ठमेल, पोखरा, चितवनमा यसको माग बढ्दो छ । यहाँ उत्पादन गरेर अन्यत्र पनि बेच्न सकिने भएको हुँदा बजारका लागि  कुनै समस्या छैन। तालिममा सहभागीले सिप सिकिरहनु भएको छ। अब जाँगर हुनुपर्छ, पैसा  घरमा बसी–बसी कमाउन सकिन्छ ।’

 मध्यवर्ती क्षेत्र पाताभार उपभोक्ता  समितिको अध्यक्ष तिलकराज थारू तालिममा सहभागी भएका १० जना प्रशिक्षार्थीले राम्रै गरी सिकिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठबाट यहाँ हात्ती, गैँडा र बाघ बनाएको थाहा पाएपछि अहिलेदेखि नै यसको माग हुन थालेको छ। हस्तकला सामग्री निर्माण गर्न सकेमा राम्रो आम्दानी गर्न सकिन्छ । निकुञ्जको आयोजना भएको तालिमको समन्वय पाताभार उपभोक्ता समितिले गरेको छ।’

तालिममा सहभागी प्रशिक्षार्थी गेरुवा गाउँपालिका– ६ का  अमन थारूले तालिम सञ्चालन  भएको १०औँ दिनमा आफू हात्ती बनाउन सक्ने भएको र अहिले गैँडा बनाउन सिकिरहेको बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.