bardiyahospital

मधुवनमा निःशुल्क प्रयोगशाला सेवा

Geruwa GIF

यज्ञप्रसाद सापकोटा 

मधुवन ।

cld

बर्दियाको मधुवन नगरपालिकाले स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सेवा दिने घोषणा गरेको भएको छ । नगरपालिकाको वडा नं ४ मा रहेको ढोढरी स्वास्थ्य चौकीमा प्रयोगशाला चेक जाँच पुर्णरुपमा निःशुल्क गरीएको हो ।

स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला घोषणा कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य चौकीबाट हुने २० प्रकारका परिक्षण निःशुल्क गरीने घोषणा गरीएको छ । स्वास्थ्य चौकीमा आउने सबै विरामीहरुको रगत, दिशा र पिसाब जाँच गर्दा कुनैपनि शुल्क लिईने छैन । यस अघि प्रयोगशालामा रोग चेकजाँचको आधारमा रु २५ देखि ५ सय रुपैँया सम्म शुल्क लिने गरीन्थ्यो ।


मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले अब देखि ढोढरी स्वास्थ्य चौकीमा सबै गरिब दुःखीहरुले निःशुल्क र सहज तरिकाले रगत दिशा पिसाब चेक जाँच गर्न पाउने बताउनु भयो । उहाँले भन्नुभयो –‘यो निःशुल्क प्रयोगशाला घोषणा गरीएको पहिलो स्वास्थ्य चौकी हो, अरु तिन ओटा स्वास्थ्य चौकीमा पनि प्रयोगशाला सेवा निःशुल्क गर्ने तयारीमा छौँ ।’ उहाँले निर्वाचनमा स्वास्थ्य, शिक्षा, सडक, कृषि र पशुपालन व्यवस्थीत गर्ने प्रतिवद्धता गरेको र सोही अनुरुप स्वास्थ्यलाई सर्वसुलभ बनाउनका लागि प्रयोगशाला निःशुल्क गरीएको बताउनु भयो ।


प्रयोगशाला निःशुल्क भएपनि स्वास्थ्य चौकीमा सेवा लिनेको संख्यामा उच्च वृद्धि हुने अपेक्षा राखिएको छ । प्रयोगशाला सेवा निःशुल्क भएपछि ढोढरीवासीहरु हर्षित भएका छन् । मधुवन नगरपालिका ४ का नेता हरीहर चौधरीले स्थानीय सरकारबाट जनताले पाउनु पर्ने वास्तविक सुविधाको सुरुवात भएको बताउनु भयो । उहाँले भन्नु भयो – ‘यो सेवाबाट जनताले प्रत्यक्ष लाभ उठाउनेछन्, यस्तै अरु योजनाहरु पनि ल्याउनु पर्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.