
कृष्णसार अनलाइन । उद्योग वाणिज्य संघ बर्दिया गुलरिया अध्यक्ष देवेन्द्र पाण्डेले जन्मोत्सवको अवसर पारेर विद्यार्थीलाई न्यानो लुगा वितरण गर्नु भएको छ । अध्यक्ष पाण्डेले जन्मोत्सवको अवसर पारेर राधाकृष्ण थारू बगलामुखी माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्नु भएको हो ।
पाण्डेले विद्यालय अध्ययनरत आर्थिक रूपमा विपन्न रहेका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु भएको राधाकृष्ण थारू बगलामुखी माध्यामिक विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले आर्थिक रूपमा ४२ जना बालबालिकाले सहयोग गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ उद्योग वाणिज्य संघ बर्दिया गुलरिया अध्यक्ष पाण्डेले जन्मोत्सवको अवसर पारेर विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर बालबालिका न्यानो लुगा वितरण गर्नुभएको छ । त्यसबाट आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यानो लुगा प्राप्त भएको छ । जन्मोत्सव मनाउन उहाँकै विद्यालयमा आउनु भयो। विद्यालय परिवारको तर्फबाट उहाँलाई जन्मोत्सवको शुभकामना पनि व्यक्त गर्दछौँ । र आगामी दिनमा पनि यस्ता रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’
सक्नेले नसक्नेलाई सहयोग गर्नु पर्छ भन्ने लागेर मैले मेरो जन्मदिनमा विद्यालयमा अध्ययनरत बालबालिका सहयोग गरेको उद्योग वाणिज्य संघ बर्दिया गुलरिया अध्यक्ष पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विद्यालयमा आएर जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि सामाजिक रुपमा सक्रिय काम गर्ने छु ।’


