bardiyahospital

५१ सरकारी तथा गैरसरकारी कार्यालयले तिरेनन् विद्युत् महशुल 

Geruwa GIF

 कृष्णसार अनलाइन । बर्दियामा रहेका ५१ वटा सरकारी तथा गैर सरकारी निकायले विद्युत महशुल बुझाउन बाँकी रहेको छ । बर्दियाका रहेका ५१ वटा सरकारी तथा गैर सरकारी निकायले विद्युत महशुल बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले जनाएको हो 

समयमा विद्युत महशुल नतिर्नेमा विद्यालय सरकारी कार्यालय, सामुदायिक वन सामुदायिक भवन रहेको छन् । विद्युत महशुल नतिर्ने मध्ये केही कार्यालय संघीयता पछि महिला तथा बालबालिका कार्यालय खारेज भएको छ ।सबैभन्दा समय देखि विद्युत महशुल नतिर्नेमा जिल्ला खेलकुद विकास कार्यालय रहेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले जनाएको छ । 

cld

सरकारी तथा गैरसरकारी निकायले समयमा विजुलीको महशुल नतिर्दा २१ लाख २७ हजार ७३१ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका सूचना अधिकारी महेन्द्र पुन मगर जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ समयमा महशुल नतिर्नेमा सबैभन्दा बढी सरकारी विद्यालय रहेको छन् ।’

सरकारी कार्यालयले तीन महिना देखि एक सय ३१ सम्मको विजुलीको महशुल तिर्न बाँकी रहेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.