bardiyahospital

बर्दिया अस्पतालमा रेबिज भ्याक्सिन अभाव

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया अस्पताल गुलरियामा रेबिज भ्याक्सिन अभाव भएको छ । अस्पतालमा  ०८२ मंसिर २१ गतेदेखि एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामीले सास्ती खेप्नुपरेको हो ।

रेबिज रोग कुकुर, बिरालो, चमेरो, स्याल, ब्वाँसो लगायत वन्यजन्तुको टोकाइबाट लाग्ने प्राणघातक रोग हो । यो रोग लागेमा यसको उपचार सम्भव  छैन् । रेबिज रोगबाट बच्ने  उपाय  भनेको एन्टिरेबिज विरुद्धको भ्याक्सिन भएको अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो,‘अस्पतालमा प्रायः जसो कुकुरले टोकेर  एन्टिरेबिज भ्याक्सिन लगाउन आउने गरेका छन् । तर, अहिले अस्पतालमा भ्याक्सिन सकिएको छ ।’

cld

सरकारले पर्याप्त मात्रामा भ्याक्सिन उपलब्ध गराउन नसक्दा अस्पतालमा पटकपटक भ्याक्सिन अभाव हुने गरेको छ ।  अस्पतालमा आर्थिक वर्ष ०८२र८३ को कात्तिकसम्म  ५२० भाइल, आर्थिक वर्ष ०८१र८२ मा एक हजार ६ सय भाइल, आर्थिक वर्ष ०८०र८१ मा एक हजार पाँच सय भाइल एन्टिरेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो ।

आर्थिक वर्ष ०८२र८३ को कात्तिकसम्म ३४० जना बिरामीलाई,  आर्थिक वर्ष ०८१र८२ मा एक हजार १९ जना बिरामीलाई, आर्थिक वर्ष ०८०र८१ मा ९८६ जना बिरामीलाई एन्टिरेबिज भ्याक्सिन लगाइएको इमर्जेन्सी इन्चार्ज बलबहादुर महतराले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले बर्दिया अस्पताल गुलरिया र राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा भ्याक्सिन अभाव भएको एक महिना हुँदा पनि आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन पठाएको छैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.