
कृष्णसार अनलाइन । बर्दियामा बिजुलीको तारमा अड्किएर घाइते भएको सारस चराको उद्धार गरिएको छ। बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालमा बिजुलीको तारमा अड्किएर घाइते भएको सारसको उद्धार गरिएको हो।
बढैयातालमा केही वर्षदेखि अगाडिसम्म २ वटा मात्र सारस देखिने गर्दथ्यो। तर, गत वर्ष र यस वर्ष चारवटा सारस देखिएको छ। त्यसमध्येको एउटा सारस उड्ने क्रममा बिजुलीको तारमा अड्किएर घाइते भएको थियो। घाइते सारसको स्थानीय गौरव राजवंशी, बाँकेका आशिष चौधरी र डिभिजन वनको कर्मचारी मिलेर घाइते सारसको उद्धार गरेको प्रकृति पथ प्रदर्शक राजन चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सारस संसारको उड्ने चरामध्ये सबैभन्दा ठुलो चरा हो। यसको उचाइ मात्र ५।११ फिट हुन्छ। सामान्यता यो चरा मानिसभन्दा अग्लो हुन्छ। नेपालमा एकदमै काम मात्रामा पाइने सारस चरा तारमा अड्किएर घाइते भएको रैछ। घाइते सारसलाई कुकुरले लखेटेको अवस्थामा उद्धार गरिएको छ। घाइते चरालाई उपचार गरेर अहिले तालमा छोडिएको छ।’


