
कृष्णसार अनलाइन । बर्दियाको गेरुवा गाउँपालिकामा बसोबास गर्ने मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि एक महिने मोटर ड्राइभिङ तालिम सञ्चालन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि एक महिने मोटर ड्राइभिङ तालिम सञ्चालन गरिएको हो ।
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले पाताभार उपभोक्ता समिति र गेरुवा उपभोक्ता समितिको आयोजनामा दुबै समूहका उपभोक्तालाई एक महिने ड्राइभिङ तालिम सञ्चालन गर्न थालिएको पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारूले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै सीप नभएका बेरोजगार भएर घरमा बसिरहेका १४ उपभोक्तालाई ड्राइभिङ तालिम दिइएको छ ।ड्राइभिङ तालिम लिएपछि मध्यवर्तीका उपभोक्ताहरूले गाडी चलाएर जीवनयापन गर्न सक्छन् भन्ने विश्वास लिएको छ । ’

आजबाट सुरु भएको तालिम एक महिनासम्म सञ्चालन हुने निकुञ्ज वरिष्ठ संरक्षण अधिकृत सूचना अधिकारीले सरोजमणी पौडेलले जानकारी दिनुभयो ।


