
कृष्णसार अनलाइन । बर्दियामा जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बीचमा समन्वय बैठक बसेको छ । विश्वभर एकसाथ हुने जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बीचमा समन्वय बैठक बसेको हो ।
बर्दियामा मंगलबारबाट हुने जलपन्छी गणनाका लागि निकुञ्जमा सरोकारवाला निकायका बीचमा बैठक बसी जलपन्छी गणना गर्न पूर्व तयारी समेत गरेको निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘ जलपन्छी गणना गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण, नेचर गाइड एशोसियसन, पर्यापर्यटन विकास मञ्च, होटल एशोसियसन, बर्दिया नेचर कन्जरभेसन क्लब, उज्यालो नेपाल , मध्यवर्ती क्षेत्र परिषद, चोरी सिकार नियन्त्रण युवा परिचालन, नेपाल पन्छी संरक्षण संघ र ZSL Nepal को सहयोग रहने छ ।’
जलपन्छी गणना गर्नका लागि ६० जनाको सहभागिता हुने नेपाल पन्छीविद् संघका केन्द्रिय सदस्यले रामबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पर्सिबाट हुने चरा गणना गर्नका लागि कर्णाली, गेरुवा, बढैयाताल सत्तखलुवा ताल लगायतको ताल तलैयामा गणना गरिने छ ।


