
कृष्णसार अनलाइन । काठमाडौँमा बर्दियाका वन्यजन्तु पीडितले शान्ति पूर्ण प्रदर्शन गरेका छन् । पछिल्लो समय वन्यजन्तुको घटना बढ्दै गएपछि काठमाडौँमा बर्दियाका वन्यजन्तु पीडितले शान्तिपूर्ण प्रदर्शन गरेका हुन ।
राष्ट्रिय निकुञ्ज वरपर बस्दै आएका नागरिकको जीवनको सुरक्षा गर भन्दै बर्दियाका नागरिकले काठमाडौँमा शान्ति पूर्ण प्रदर्शन गरेको हुन । शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका बर्दियालीले विभिन्न प्ले- कार्ड सहित र्याली निकालेको गेरुवा गाउँपालिका , २ का शिव रिमालले जानकारी दिनुभयो ।

मानव जीवन पहिला प्राथमिकता , राष्ट्रिय निकुञ्ज चाहिन्छ तर सुरक्षित बस्ती पनि , बर्दियाको पीडा देशको जिम्मेवारी , वन्यजन्तुको सुरक्षासँगै मानव सुरक्षा , पीडितलाई न्याय देउ जीवन बचाउ र हामी वनको छिमेकी हो शत्रु होइन भन्ने नारा लगाउदै राजधानीमा प्रदर्शनी गरेको रिमालले बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘ बन्यजन्तु पीडित बर्दियाली जनताको पक्षमा बर्दियाबाट काठमाडौँ आएर अध्ययन तथा विभिन्न पेशा व्यवसाय गरिरहनु भएमा बर्दियाली मिलेर सरकारको ध्यानाकर्षण गर्न शान्ति आन्दोलन गरिएको हो ।
पछिल्लो समय बर्दिया वन्यजन्तुबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । निकुञ्ज आसपास क्षेत्र मात्र नभएर सामुदायिक वन र मानव बस्तीमा समेत वन्यजन्तुको द्वन्द्व बढ्दै गइरहेको छ । जसले गर्दा स्थानीयहरू समेत त्रसित बन्दै गएका छन् ।’



