bardiyahospital

कुखुराको खोरमा पसेको चितुवा नियन्त्रणमा 

Geruwa GIF

कृष्णसार अनलाइन । कुखुराको खोरमा पसेको चितुवाको बच्चालाई स्थानीयको सहयोगमा डिभिजन वन कार्यालयले तीन घण्टापछि नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–५, बालापुरको माघिराम थारूको कुखुराको खोरमा पसेको चितुवाको बच्चालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिइएको हो।

मंगलबार राति ११ बजे चितुवा कुखुराको खोरमा पसेको थाहा पाएपछि  स्थानीयले डिभिजन वन कार्यालय खबर गरेको र राति २ बजेतिर नियन्त्रणमा लिएको स्थानीय दिनेशकुमार चौधरीले जानकारी दिनुभयो ।  चितुवाको बच्चा अहिले डिभिजन कार्यालयमा राखिएको डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत रामगोपाल चौधरीले बताउनु भयो ।

cld

गत १८ जेठमा पनि बालापुर गाउँमा आएको चितुवाले आक्रमण गर्दा ६ वर्षीया बालिका सायरा थारूको मृत्यु भएको थियो । पछिल्लो समय बर्दियामा चितुवा गाउँ पसेर कुखुरा, हाँस, बंगुर, बाख्रालगायत घरपालुवा मारिदिने गरेको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.