HPV KHOP
Barista_Training

एक साता दुई पाटेबाघको मृत्यु

एकआपसमा लड्दा मृत्यु भएको अनुमान

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया।
बर्दियामा एक सातामा दुई वटा पाटेबाघको मृत्यु भएको छ । मधुवन नगरपालिका ६ स्थित कालिका सामुदायिक वन र ग्रामिण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा शनिबार पाटेबाघ मृत अवस्थामा फेला परेको हो । भने गत सोमबार मधुवन नगरपालिका २ मा रहेको जनजागृती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको थियो ।

Basgadhi PSA_final


शनिबार आज मृत फेला परेको बाघलाई शरिरमा चोट लागेको छ । खोलाको छेउमा मृत अवस्थामा पाटेबाघ फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । करिब ७ बर्ष उमेर रहेको बाघ तिन दिन अगाडी मरेको हुन सक्ने अनुमान गरीएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार भाले भाले बाघको लडाईका कारण बाघको मृत्यु भएको अनुमान गरीएको छ । उहाँका अनुसार मृत बाघको शरिरमा चोट लागेको पञ्जाले चिथोरेको टोकेको घाउ छ । मृतक बाघको वरीपरीको झाँडी माडिएको अवस्थामा रहेकोले दुई बाघको भिडन्तबाट बाघको मृत्यु भएको प्रारम्भिक अनुमान गरीएको प्रमुख विडारीले बताउनु भयो ।

अर्कोबाघ पनि घाईते हुन सक्ने अनुमान गरीएको छ । घाईते बाघको कारण स्थानीयबासीलाई खतरा हुन सक्ने हुँदा सामुदायिक वनका उपभोक्ता र स्थानीयवासीलाई सजग हुन आग्रह गरीएको प्रमुख विडारीले बताउनु भयो ।
गत सोमबार मृत फेला परेको बाघ पनि बुढो रहेको र वयस्क बाघ सँग लड्ने क्रममा मृत्यु भएको हुन सक्न अनुमान गरीएको थियो ।

 

Leave A Reply

Your email address will not be published.