bardiyahospital

घाइते अवस्था फेला परेको चितुवाको उपचारका क्रममा मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा घाइते अवस्था फेला परेको चितुवाको उपचारको क्रममा मृत्यु भएको छ । राजापुर नगरपालिका , १० कर्मोनीमा घाइते अवस्थामा फेला परेको चितुवाको उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते चितुवाले पुष १२ गते राती स्थानीय हेमराज बुढाथोकीलाई आक्रमण गरेर घाइते बनाएको थियो । भने चितुवा घाइते अवस्थामा पुष १३ गते बिहानै गहुँबारीमा स्थानीयले देखेपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले चितुवा नियन्त्रणमा लिएको थियो । घाइते चितुवाको उपचार डिभिजन वन कार्यालयमा राखेर उपचार हुँदै थियो । 

cld

उपचारको क्रममा सोमबार चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उपचारको क्रममा मृत्यु भएको चितुवाको पोस्टमार्टम मंगलबार गाडिएको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.