bardiyahospital

बर्दियामा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता

Geruwa GIF

कृष्णसार अनलाइन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्दियामा मनोनयन दर्ता शान्तिपूर्ण रुपमा भएको छ । दुई निर्वाचनका क्षेत्रको बर्दियामा निर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो  ।

विभिन्न दलबाट उम्मेदवारी दर्ता गराउन आएका दलले शान्तिपूर्ण मनोनयन दर्ता गराएका छन् ।मुख्य निर्वाचन कार्यालयमा गुलरियामा प्रतिनिधि सभा क्षेत्र १ मा नेकपा एमालेबाट शालिकराम अधिकारीले, नेपाली काँग्रेसबाट सञ्जय कुमार गौतमले, नेपाली कम्युनिष्ट पार्टीबाट विष्णु प्रसाद थारूले, नागरिक उन्मुक्ति पार्टीबाट नेपाल अब्दुल खान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारूले, स्वतन्त्रबाट निर्मल अधिकारी, श्रम संस्कृति पार्टी धनबहादुर बिकले उम्मेदवारी दिएका छन् ।

cld

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट इन्दबहादुर रावलले, स्वतन्त्रबाट धनश्याम अधिकारीले, नेपाल जनमुक्ति पार्टी चन्द्रा कुमारी राजगुरुले, मंगल नेशनल अर्गनाइजेशनबाट ज्योति योञ्जनले, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाहीले उम्मेदवारी परेको छन् ।

भने समाजवादी पार्टी नेपालबाट मनोज यादवले, नेपाल समाजबादी पार्टीबाट मेघबहादुर कामीले स्वतन्त्रबाट मोहन जंग पौडेलले जनमत पार्टीबाट यमनाथ घिमिरेले, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट राजु रानाभाटले, राष्ट्रिय जनमोर्चाबाट लोकबहादुर राना मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरबहादुर कामीले र राष्ट्रिय परिवर्तन पार्टीबाट श्यामप्रसाद थारुले उम्मेदवारी दिएको निर्वाचन अधिकृत कमल घलेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा एमालेबाट बिमला बिक, नेपाली काँग्रेसबाट किशोरसिंह राठोर, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश पन्त, नागरिक उन्मुक्ति पार्टीबाट नेपाल खुशीराम थारू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीधर पोखरेल, श्रम संस्कृति पार्टी मानबहादुर बैगार,  नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट निता शर्मा रहेको छन् ।

त्यसैगरी स्वतन्त्रबाट नुतनकुमार चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सोमबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्दा गुप्ता, जनमत पार्टीबाट शशीकुमार यादव रहेका छन् ।

भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्र आचार्य, राष्ट्रिय जनमोर्चाबाट रतन सिंह रावल,  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुशील चौधरी, उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी विप्लप )बाट टिकाराम चौधरीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोविन्द प्रसाद घिमिरेले बताउनु भयो ।  प्रतिनिधि सभा क्षेत्र नं. १ मा ८३ हजार आठ सय ३ जना पुरुष, ८४ हजार दुई सय २७  जना महिला र अन्य ४ जना गरी एक लाख ६८ हजार ३४ जना मतदाता रहेको छन् । भने प्रतिनिधि सभा क्षेत्र नं. २ मा ७५ हजार पाँच सय ८४ जना पुरुष, ७९ हजार ६ सय ४६  जना महिला र अन्य २ जना गरी एक लाख ५५ हजार २ सय ३२  जना मतदाता रहेको छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.