bardiyahospital

कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र सरसफाइ सामग्री वितरण

Geruwa GIF

कृष्णसार अनलाइन ।  ७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा बर्दियामा कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र सरसफाइको सामग्री वितरण गरिएको छ। ७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा गुलरिया नगरपालिकाभित्र रहेका कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र सरसफाइको सामग्री वितरण गरिएको हो।

आइएनएफ नेपाल साइनिङ अस्पताल बाँकेको सहयोगमा गुलरियाभित्र रहेका २० जना कुष्ठरोगका बिरामीलाई  सम्मानसहित न्यानो कपडा र सरसफाइको सामग्री वितरण गरिएको हो।

cld

बर्दियामा चालू आर्थिक वर्ष ०८२र८३ को पुससम्म १२ जना नयाँ कुष्ठरोगका बिरामीको पहिचान भएको छ। गत आर्थिक वर्ष ०८१र८२ मा ४८ जना नयाँ कुष्ठरोगका बिरामीको पहिचान भएको स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग कार्यक्रम शाखाका सम्पर्क व्यक्ति जीवन रजौरेले बताउनु भयो । उहाँले भन्नुभयो,  ‘अहिले पनि ४९ जना कुष्ठरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका छन्।’

यस वर्ष ७३औँ विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ भन्ने नाराको साथमा मनाइएको छ। समयमा कुष्ठरोग पहिचान गरेर उपचार गरेर कुष्ठरोगको उपचार सम्भव छ। कुष्ठरोगका बिरामीले रोगको प्रकृतिअनुसार ६ महिनादेखि १२ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ। कुष्ठरोगको औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.