bardiyahospital

बर्दियामा घरेलु तथा साना उद्योग कार्यालयको भवन अलपत्र 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा रहेको घरेलु तथा साना उद्योग कार्यालयको भवन निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ । समयमा निर्माण कम्पनीले काम नगर्दा घरेलु तथा साना उद्योग कार्यालयको भवन निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख इन्द्रराज खत्रीले अमन कन्स्ट्रक्सन गुलरियाले कार्यालयको भवन निर्माणको ठेक्का ०७७ फागुन २०  गते प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सम्झौताअनुसार निर्माण कम्पनीले भवन निर्माणको काम ०७८ असार १५ गते सक्नुपर्ने थियो । तर, निर्माण  कम्पनीले  समयमा काम नगर्दा भवन निर्माणको अधुरो रहेको छ।’

cld

निर्माण कम्पनीले भवन निर्माणको ठेक्का  ६० लाख  ८८ हजार ७२५ रुपैयाँमा प्राप्त गरेको थियो । अहिलेसम्म  काम  गरेबापतको ३४ लाख ४५ हजार ६९३ रुपैयाँ भुक्तानी निर्माण कम्पनीले लिएको  कार्यालयले जनाएको छ । 

निर्माण कम्पनीले भवन निर्माणको काम गर्ने भन्दै पटकपटक म्याद थप गर्ने, तर काम नगर्ने परिपाटीले गर्दा  कार्यालयको भवन अलपत्र परेको छ । निर्माण कम्पनी अहिले कार्यालयको सम्पर्कमा आएको छैन । भवन निर्माणको काम परेको छैन । निर्माण कम्पनीले भवन निर्माण समयमा पूरा नगर्दा कार्यालय भाडाको घरमा बस्न बाध्य भएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.