
कृष्णसार अनलाइन । बर्दियामा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु भएको छ। बर्दिया अस्पताल गुलरियामा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सञ्चालन गरिएको हो।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी र रोटरी क्लब अफ काठमाडौं वेस्टको आयोजनामा शिविर सञ्चालन भएको हो। हिजोबाट सुरु भएको शिविर १४ गतेसम्म सञ्चालन हुने बर्दिया अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले जानकारी दिनुभयो ।

शिविरमा खुट्टाको पैताला फर्किएको, जन्मजात हातखुट्टा बाँगिएको, हात वा खुट्टाका विकृतिजन्य समस्या भएको, हात वा खुट्टा भाँचिएका वा भाँचिएर बांगो गरी जोडिएको निःशुल्क उपचार हुने नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। प्रकाश ज्ञवालीले बताउनु भयो ।
शिविरमा भाँचिएको ठाउँमा राखिएका पाता वा किला निकाल्नुपर्ने, हात खुट्टामा रहेका गाँठागुठीहरू निकाल्नुपर्ने र हातमा आगोले पोलेको समस्या भएको बिरामीको निःशुल्क उपचार हुने डा। ज्ञवालीले जानकारी दिनुभयो ।


