bardiyahospital

विज्ञापनको नाममा भइरहेको अनियमितता रोक्न सरोकारवाला निकायसँग अन्तरक्रिया 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा विज्ञापन बोर्डले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । विज्ञापनको नाममा भइरहेको अनियमितता रोक्नका लागि विज्ञापन बोर्डले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।

 जिल्ला प्रशासन कार्यालयको हलमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख, लेखा अधिकृत, लेखापाल, राजश्व, प्रशासन र कानुन शाखाका प्रमुख र पत्रकार लगायतको सहभागी रहेको थियो । विज्ञापनको नाममा असुली धन्दा रोक्नका निम्ति र विज्ञापन वितरण गर्दा हुने आर्थिक चलखेल रोक्नका सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने विज्ञापन बोर्डले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

cld

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँ विज्ञापन सम्बन्धी कानुनी व्यवस्था, आचार संहिता निर्माणमा प्रदेश तथा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहले होडिङ बोर्डहरू राजस्व संकलन गर्न सक्छन् । त्यसका लागि नीति बनाएर काम गर्नुपर्छ । त्यसका लागि स्थानीय तहले बिज्ञापन सम्बन्धी कानुन र आचारसंहितामा बनाउने लाग्नुपर्छ ।’ 

कुनै पनि सञ्चार माध्यमले कार्यालयको अनुमति विज्ञापन छापेर भुक्तानी माग्न पाइदैन । भने कार्यालयले दिएको विज्ञापनको भुक्तानी रोक्न नपाइने कार्यकारी अध्यक्ष हुमागाईँ जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले विज्ञापन वितरण गर्दा जिल्लाभित्र रहेको पत्रपत्रिकालाई प्राथमितामा राख्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ स्थानीय पत्रपत्रिकालाई जोगाउन स्थानीय तहले पनि प्राथमिकता दिनुपर्छ ।’

नेपाल पत्रकार मंहासंघ अध्यक्ष निर्मल घिमिरेले कार्यालय प्रमुख र लेखा प्रमुखहरूले आफ्नो आफन्त र परिवारको नाममा विज्ञापन एजेन्सी खोलेर आफैँले विज्ञापनको काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘धेरै जसो कार्यालयले विज्ञापन एजेन्सी मार्फत काम गर्छन् । जिल्लामा प्रकाशन हुने पत्रपत्रिकालाई विज्ञापन नदिने समस्या छ । भने कतिपय कार्यालयले मन परेको व्यक्तिलाई दर्ता नभएका पत्रपत्रिकालाई समेत विज्ञापन दिने गरेको पाइन्छ । त्यसकारण विज्ञापन हुने अनियमितता रोक्न अनुगमन गरि गलत गरेको पाइएमा कारवाही गर्न जरुरी रहेको छ ।’

विज्ञापन वितरणमा कतिपय समस्या रहेको र त्यसलाई समाधान गर्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य आवश्यक रहेको बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारी निकायले गरेको कमजोरीलाई पत्रकारले बाहिर ल्याउनु पर्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.